शेयर बजारमा भारी गिरावट



काठमाडौं, (नेस)
साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४४ दशमलव ९४ अंकले घटेर २५५४ दशमलव १४ बिन्दुमा ओर्लेको छ । कुल २०६ कम्पनीको एक करोड ५८ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ९ करोड ८१ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

यससँगै नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण ३५ खर्ब १९ अर्ब ४८ करोड ८१ लाख रुपियाँको हाराहारी भएको छ ।बिहीबार कारोबार भएका अधिकांश समूहको सूचक ओरालो लागेको छ । कारोबार रकमका आधारमा पूर्वाधार बैंक अगाडि स्थानमा रहेको छ । सो बैंकको ९० करोड ३५ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यस्तै, नबिल बैंकको २१ करोड ६० लाख, नेशनल हाइड्रोपावरको २१ करोड २६ लाख, नेपाल बैंकको २१ करोड १३ लाख, एनआईसी एसिया बैंकको २० करोड ४० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यस दिन चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमएका छन् ।

सो कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै नेशनल हाइड्रोपावर, सिटिजन म्युचुअल फन्डलगायतका कम्पनीले कमाउँदा सन्राइज फस्ट म्युचुअल फन्ड, शिवश्री हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, समृद्धि फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्