बोहराद्वारा हर्षबहादुरको शालिक स्थापना



गीतकार तथा साहित्यकार उन्नति बोहरा शिलाले कपिलधाम परिसर वाणगंगा नगरपालिका–९ कपिलवस्तुमा आप्mनो पिता पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढामगरको अद्र्धकदको शालिक निर्माण गरी अनावरण गराएकी छिन्।

बोहराले आफ्नो अध्यक्षतामा डा. बुढामगरले गरेका कामको जगेर्ना तथा जनतामाझ लैजान २०७१ सालमा उनको नामको प्रतिष्ठान डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठान स्थापना गरी प्रतिष्ठानमार्पmत शालिक अनावरण गराएकी हुन्। हर्षबहादुरको दशौं पुण्यतिथिमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष बोहरा तथा प्रतीष्ठानका अध्यक्ष पूर्वमन्त्री दीपक बोहराले शालिकको अनावरण गरेका थिए। सो अवसरमा डा. बुढामगरको व्यक्तित्व र कृतित्वमाथि चर्चा परिचर्चा गरिएको थियो।

१९८४ साल कात्तिक ३ गते बाग्लुङको गलकोट, कौलेनीमा स्व. भक्तबहादुर बुढामगर र स्व. देवकला बुढामगरको कोखबाट जन्मेका हर्षबहादुरले विभिन्न विभूषण, पदक तथा पुरस्कार पाएका थिए। डा. हर्षबहादुर बुढामागरका डा. केआई सिंहको संक्षिप्त जीवनी (खण्डकाव्य २०१४), किराँत वंश र मगरहरु एक ऐतिहासिक सर्वेक्षण (२०४९), मगर व्याकरणको पारूप (२०५०), मगर–रोमन–नेपाली–लिम्बु–अंग्रेजी संक्षिप्त शब्दकोष (२०५०), जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैनन् (रचना संग्रह) २०५०, अतृत्प जिन्दगीका असीमित चाहना (उपन्यास) २०५३, मगर र मग्यार : पुख्र्यौलीको खोजीमा (२०५३) लगायत दर्जनौं कृति प्रकाशित छन्।

उनी द्वितीय विश्वयुद्धको दौरान वर्मा फ्रन्टमा सैनिकरूपमा भाग लिएर स्वदेश फर्की अध्यापन, सामाजिक सेवा र साहित्य सिर्जनमा सक्रिय भएका थिए। उनको २०६७ माघ १४ गते काठमाडौंमा निधन भएको थियो। उन्नति डा. बुढामगरको जेठो छोरी हुन्। अनावरण कार्यक्रम उनकै सभापतित्वमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्