आरसीटी र ब्वाइज युनियनको जित



नेपाल समाचारपत्र, काठमाडौं ।

जारी ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आरसीटीले नयााबस्ती युवा क्लबलाई ४–२ ले हराएको हो । टिमको जितमा ‘प्लेयर अफ द म्याच’ अजीत गुरूङले २ तथा सुरेन खवास र विश्व थापाले गोल गरेका थिए । पराजित टिम नयाा बस्तीका लागि गणेश हमाल र सचु गुरूङले एक–एक गोल फर्काएका थिए ।

यस्तै अर्को खेलमा ब्वाइज युनियनले झम्सीखेल युथ क्लबमाथि ४–० को फराकिलो जित हात पारेको थियो । टिमलाई जित दिलाउन विनोद राईले ह्याट्रिक गरेका थिए । उनले ६४ औं मिनेटमा र अन्तिममा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यसअघि, कप्तान टंक बहादुर साङदानले २६ औं मिनेटमा गोल गरेर टिमलाई १–० को अग्रतामा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्