मुलुक अस्थिरतातर्फ जान सक्छ : मोहनविक्रम सिंंह



बुटवल, (नेस) ।

नेकपा मसालका महासचिव मोहनविक्रम सिंंहले संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलासँगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताउनुभएकोे छ । मुलुुकलाई अस्थिरतातर्फ लैजाने कार्य भने प्रधानमन्त्री ओली आफैले गरेको आरोप लगाउनुभयो ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेर मुलुक अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको बताउनुभयो ।
असंवैधानिकरुपमा विघटन गरेको संसद् पुनस्र्थापना हुनु सकारात्मक भए पनि संसद् पुनस्र्थापनासँगै मुलुकमा नयाँ चुनौतीहरु पनि थपिएको भन्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व स्थिरताका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु मिलेर जानुपर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेमा जोड दिनुभयो ।

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनकै लागि संसद् विघटन गरिएको भन्दै महासचिव सिंहले संसद्मा कुनै दलको पनि बहुमत नभएको अवस्थामा भारतलगायतका विदेशी मुलुकहरुले आ–आफ्नो स्वार्थअनुरुप चलखेल गर्न सक्नेतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।नेपालमा दुई तिहाइनजिक बहुमत प्राप्त गरेको नेकपाले पनि सरकार चलाउन सकेन, नेपालमा कम्युनिस्टको सरकार चल्न नसक्नुको कारण के होला भन्ने पत्रकारहरुको जिज्ञाशामा महासचिव सिंहले नेकपा नेपालमा कम्युनिस्टको सरकार नै नबनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा अहिले जसलाई कम्युनिस्ट पार्टी भनेर भ्रम फैलाइएको छ, उनीहरु कम्युनिस्ट पार्टी नै होइनन् ।’

प्रतिक्रिया दिनुहोस्