मेरो आखीभौ र अनुहारको रौं देखेर पुरुषहरु चिच्याउँथे’



कोपेनहेगन, (एजेन्सीं) ।

डेनमार्ककी एकजना महिलाले आफूले अनुहारमा उम्रेको रौं सफाचट नगरेको कारण पुरूषहरूबाट कति हेपिनुपरेको तर, अन्ततः त्यही रौंका कारण आफूलाई भेष बदल्न सजिलो भएको बताएकी छन् । एल्डिना जागान्ज्याक पुरूषले भन्दा महिलाहरूले आफ्नो शरिरमा अनावश्यक रूपमा उमे्रका केश हटाउन कति पैसा, समय र मिहेनत लगाउँदा रहेछन् भन्ने तथ्य बुझेर वाक्क दिक्क भएकी थिइन् ।

त्यसैले, सन् २०२० को माचदेखि डेनमार्कको राजधानी कोपेनहेगन निवासी उनले आँखीभै र माथिल्लो ओंठ माथिको भागमा उम्रेका रौं उखेल्नै छाडिन् । उनले आफू कस्तो देखिन्छन् वा मान्छेहरूले के भन्लानु भन्ने चिन्ता नै लिन छोडिन् । तर, एल्डिना भन्छिन्, ‘सडकमा पुरूषहरू मलाई सुनाउन रौं उखाल भन्दै चिच्याउँथे । पुरषहरू मेरो अँँखीभौंमा यसरी हेर्थे कि मानौं मेरो त्यहँँ तेश्रो टाउको रहेको छ ।’ साथै जोडिएको आँखीभै र अनुहारमा उम्रेका रौंहरू देखेर आफूसँग डेटिंग गर्न खोज्ने रूढीवादी स्वभावका पुरूषहरू टाढिएको देख्दा उनलाई हाइसन्चो लाग्थ्यो । उनले आफ्नो स्वरूप कस्तो राख्ने भन्नेअधिकार सबैसँग भएको र आफ्नो अनुहारको कसैले तारिफ गरून वा नगरून आफूले वास्तै गर्न छोडेको सुनाउँछिन् ।

साथै, उनले मानिसहरूले कुनै महिलाले कस्तो अनुहार बनाउँछिन् भन्नेबारे चासो राख्न नहुने पनि बताउँछिन् । उनले यसरी आँखीभौं, अनुहार र खुट्टाका रौं सम्हाल्न छाडेपछि आफूमा अनावश्यक परम्परागत कुराहरूलाई बेवास्ता गर्ने आत्मविश्वास बढेको समेत बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्