अवैध २५ लाखसहित २ भारतीय पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले स्रोत नखुलेको २५ लाखसहित दुई भारतीयलाई पक्राउ गरेको छ । उक्त रकम फेला पारी रकमका सम्बन्धमा सोधपुछ गर्दा उनीहरुले स्रोत नखुलाएपछि रकम तथा रकम ओसारपसार गर्न प्रयोग गरिएको मोटरसाइकलसहित उनीहरु समातिएका हुन् ।

मोटरसाइकल चालक भारतको बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा–७ को नरकटिया बस्ने वर्ष ३५ का चन्द्रशेखर प्रसाद र मोटरसाइकलमा पछाडि बसेका वर्ष ३८ का सञ्जय कुमार पक्रउ परेका छन् ।

बुधबार विहान करिब ११ः३० बजे बाराको कलैया उपमहानगरपालिका वडा–८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बीआर–०५–के–०७९८ नम्बर भारतीय मोटरसाइकलमाथि शंका लागेर चेक गर्दा उनीहरुले आफ्नो शरीर तथा मोटरसाइकलको डिक्कीमा लुकाइराखेको अबस्थामा नोट फेला परेको थियो ।

नेपाली रुपिया“ १ हजार दरका १,७७२ थान (१७ लाख ७२ हजार) र नेपाली रुपिया“ ५ सय दरका १,५२६ थान (७ लाख ६३ हजार) गरी नेपाली रुपिया“ २५ लाख ३५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्