२१ औ शताब्दीमा विज्ञान र प्रविधिको विकास अपरिहार्य : मन्त्री श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले विज्ञान सम्बन्धी चेतना बढाउन र प्रविधिको सही उपयोग गर्न सके कोभिड–१९ र त्यस्ता ठुला महामारी विरुद्धको लडाई लड्न सफल हुने बताउनुभएको छ । उहाँले कोभिड–१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदान लाई सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पार्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नाष्टका १८ वैज्ञानिकको प्रस्ताब छनौट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्ताब अनुसार प्रबिधि विकास गरी सोही प्रबिधिको माध्यमबाट कोभिड–१९ नियन्त्रण गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

विज्ञान प्रबिधि तथा नवप्रवर्तन नीति–२०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको २१ औ सताब्दीमा विज्ञान र प्रबिधिको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । भन्नुभयो–‘नेपालको आर्थिक समाजिक विकासमा सहयोगी हुने सबै प्राथमिक क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रबिधि विकासलाई महत्वदिने योजना आवश्यक छ’ ।

पछिल्लो समयमा विकसित राष्ट्रको रुपमा देखा परेको मुलुकहरुले विज्ञान प्रबिधि र नवप्रवर्तन बाटै मुलुकलाई आमुल परिवर्तन गरेको चर्चा गर्दै उहाले नेपालले पछि सो क्षेत्रमा प्रगति अर्नु आवश्यक छ रहेको बताउनुभयो । ‘उदीयमान प्रबिधिको रुपमा विकास भैरहेको स्याटेलाईट, आइसिटी, रोबोटिक्स, आर्टिफिसियल इन्टलिजेन्स, न्युक्लियर टक्ेलोलोजी जस्ता प्रविधिको उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै सम्वृद्धीकोृ दिसामा अघि बढ्नु अपरिहार्य रहेको उहाको भनाई थियो ।

उहाले स्याटेलाईट र रकेट बनाउने युवा वैज्ञानिकको प्रशंसा गर्दै त्यस्ता बैज्ञानिकलाई सरकारले सम्मान र सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाले विज्ञान र प्रविधि आफैमा महत्वपुर्ण विषय भएकोले यस विषयसंग जोडिएका सम्पुर्ण काम गर्न छुट्टै विज्ञान मन्त्रालय आवश्यक रहेको बताउनुभयो । भन्नुभयो–शिक्षा र विज्ञान एउटै मन्त्रालय भएकोले विज्ञान क्षेत्रका काम गर्न केही समस्या परेको छ भन्नुभयो ।

नीतिमा भएका विषयलमँई कायन्वयन गर्न र आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रीको हैसियतले आफुले पहल गर्ने बताउनुभयाे ।
गोष्ठीमा बोल्दै शिक्षा सचिव रमप्रसाद थपलियाले हजार भन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिक लगायतसंग छलफल गरी तयार भएको कार्यान्वयन योजनालाई लागु गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । भन्नुभयो–विज्ञान, प्रविधि नवप्रवर्तक नीति २०७६ लाई कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको छ ।

उहाले विज्ञान शिक्षालाई थप व्यवस्थित बनाउनु आवश्यक रहेको औल्याउनुभयो । उहाले मस्यौदामा उल्लेख भएका विषयलाई तीनै तहका सरकारले लागु गर्ने महत्वपुर्ण भुमिका रहने चर्चा गर्नुभयो । विज्ञान सचिव डा. सञ्जग शर्माले वर्तमाान समयमा विकासको परिभाषा विज्ञान बाहेक अरु हुन नसक्ने बताउनुभयो । उहाले भन्नुभयो–२०६१ सालमा नीति थियो , कार्यान्वयन हुन सकेन ।

२०७६ सालमा नीति आयो तर कार्यान्वयन गर्ने विषयमा जटिठलता देखिएको छ । उहाले मस्यौदामा अनुसन्धान र प्रबद्र्धनलाई फोकस गरिएको छ । नाष्ट लगायत निकायको विभागीय परिकल्पना गरिएको छ । भन्नुभयो । अनुसन्धान र विकासमा नीति कार्यान्वयन गर्नुपर्ने उहाको भनाई थियो ।

गसंघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भैरहेको बताउनुभएको छ । उहाले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको जोड दिनुभएको छ । लुःनिभा वाल सरोकार समुहले ललितपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले आफुले मन्त्रालयको वागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गर्नुभएको छ ।

कोभिड–१९को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नया योजना ल्याउने प्रकृया अघि उहाले जानकारी गराउनुभयो । अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङगो लगाएका छौ । विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेका छौ । एसईईको गुणस्तर सुधार गर्न संघ बाटै एसईई लिने व्यवस्था गरेका छौ–उहाले भन्नुभयो ।

समग्र सुदुर पश्चिम प्रदेशको शिक्षा विकासका लागि शिक्षा, विज्ञान प्रविधि मन्त्रीसंग आयोजना गरेको अन्तक्र्रियामा उहाले राजधानीको शिक्षा प्रणालीलाई सिकेर सुदूरपश्चिमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो– तपाईहरु राजधानीको शिक्षा, शिक्षण पद्धतीको विषयमा अध्ययन गर्न आउनुभएको छ । यहाको कुरा सिकेर आफ्नो क्षेत्रमा लागु गराउनुस ।

अन्तक्रिया गर्न सुदुर पश्चिमका डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि राजधानी आएका थिए ।चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नुभयो । उहाले सरकार द्धन्द पिडित , राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको अजेयमेरु नगरपालिका र गन्यापधुरा नगरपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सहित ३२ वटा विद्यालयका प्रतिनिधिहरुलाई काठमाडौंको नमुना विद्यालयहरुको भ्रमण गर्न राजधानी आएका थिए ।

कार्यक्रममा डडेलधुरा जिल्लाको गन्यापधुरा नगरपालिका वडा नं ६ का अध्यक्ष चेतराज भट्टले २० देखि ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पुग्न विद्यार्थीहरुले ५ देखि ६ घण्टा सम्मको यात्रा गर्नु पर्ने समस्या मन्त्री श्रेष्ठ समक्ष व्यक्त गरेका थिए । कार्यक्रममा लुःनिभा वाल सरोकार समुहका सल्लाहकार स्वयंम्भुराज डंगोलले , कार्यकारी निर्देशक नरेन्द्र डंगोल,कार्यक्रम व्यवस्थापक सन्तराम डंगोलले लुःनिभाले गरेको योजना र भावी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणपछि टोलीले काठमाडौ शिक्षा घोषणापत्र जारी गरी नया योजना तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्