प्राथमिक सेयर परे नपरेको तीन ठाउँबाट मात्र हेर्न पाइने



काठमाडौं । आईपीओ प्राथमिक शेयर आईपीओको रिजल्ट अब तीन ठाउँबाट मात्रै हेर्न सकिने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ ।

अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

भोलि (शुक्रबार) बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुने छ । तर मेरो शेयरको वेबसाइट र मोबाइल एपमा समस्या हुँदा छिटो र भरपर्दो जानकारी पाउन समस्या हुने गरेको गुनासो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्