संसद पुनर्स्थापनासँगै मुलुकमा नयाँ किसिमको जटिलता उत्पन्न : सिंह



यमलाल भुसाल, बुटवल ।

नेकपा मसालका महासचिव मोहन विक्रम सिंहले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलासंगै मुलुक राजनीतिक अस्थिरतातर्फ जान सक्ने बताउनुभएकोे छ ।

मुलुुकलाई अस्थिरता तर्फ लैजाने कार्य भने प्रधानमन्त्री ओली आफैले गरेको आरोप लगाउनु भयो । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेर मुलुक अराजनीतिक र असंवैधानिक बाटोमा जानबाट रोकेको बताउनुभयो ।

असंवैैैैैैैैैैैैैैैैैैैैैैधानिक रुपमा विघटन गरेको संसद पुनस्र्थापना हुनु सकारात्मक भए पनि संसद पुनस्थार्पनासँगै मुलुकमा नयाँ चुनौतिहरु पनि थपिएको भन्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व स्थिरताका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु मिलेर जानुपर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्नेमा जोड दिनुभयो ।

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनकै लागि संसद विघटन गरिएको भन्दै महासचिव सिंहले संसदमा कुनै दलको पनि बहुमत नभएको अवस्थामा भारत लगायतका विदेशी मुलुकहरुले आ आफ्नो स्वार्थ अनुरुप चलखेल गर्नसक्ने तर्फ सबै सचेत हुनुपर्ने आवस्यकता औल्याउनुभयो ।

नेपालमा दुई तिहाई नजिक बहुमत प्राप्त गरेको नेकपाले पनि सरकार चलाउन सकेन, नेपालमा कम्युनिष्टको सरकार चल्न नसक्नुको कारण के होला भन्ने पत्रकारहरुको जिज्ञासामा महासचिव सिंहले नेकपा नेपालमा कम्युनिष्टको सरकारनै नबनेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो–‘नेपालमा अहिले जसलाई कम्युनिष्ट पार्टी भनेर भ्रम फैलाइएको छ उनिहरु कम्युनिष्ट पार्टीनै होइनन् ।’

प्रतिक्रिया दिनुहोस्