रावाखोलामा माछा मार्न करेन्ट लगाउने क्रममा एकको मृत्यु



रामधन राई, खोटाङ ।

फागुन–१३, खोटाङस्थित रावाखोलामा प्रतिबन्ध लगाईएको करेण्ट लगाई माछा मार्ने क्रममा सोही करेन्ट लागेर एकको ज्यान गएको छ ।

रावाबेसी गाउँपालिका–१ कुभिण्डेस्थित रावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा साकेला गाउँपालिका –४ मात्तिमका ३७ वर्षीय निरकुमार राईको ज्यान गएको हो ।

बुधबार माछा मार्न लगाएको करेन्ट आफैलाई लाग्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गोविन्द साहले बताउनुभयो । रावाखोलामा करेण्ट तथा विष लगाएर माछा मार्न प्रतिबन्ध लगाईएको छ । मृतक राईको जिल्ला अस्पताल दिक्तेलमा शव परीक्षण गरिएको भने भइ सकेको तर रिपोर्ट भने आउन बाँकि रहेको प्रवक्ता साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्