नेपालमा जलपन्छी संख्या घट्दै (तस्वीरसहित)



न्युज अफ नेपाल काठमाडौं ।

नेपालमा पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपन्छी र अन्य चराको सङ्ख्या घट्दै गएको बताइएको छ। नेपालमा करिब ८८७ प्रजातिका चराहरू पाइन्छन्। खासगरी तालतलैया तथा सिमसार क्षेत्र वरपर विकासनिर्माण तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले विज्ञहरूको भनाइ छ ।

काठमाण्डूको टौदह, वाग्मती र मनोहरा नदी अनि चितवन र पोखराका विभिन्न तालसहितका ठाउँहरूमा स्वयंसेवकहरूलाई परिचालन गरेर गणना गरिएको थियो। नेपालमा पाइनेमध्ये झन्डै एकतिहाइ जलपन्छी कपिलवस्तुको जगदीशपुर तालमा भेटिन्छ। नेपालमा धेरैजसो जाडो याममा चीन, मङ्गोलिया तथा रुसको साइबेरियासम्मबाट जलपन्छीहरू आइपुग्छन्। कर्‍याङ्‌कुरुङजस्ता कतिपय पक्षी भारतको गुजरातसम्म पनि पुग्ने गरेको बताइन्छ।

जलक्षेत्र, सिमसार तथा तालतलैयावरपर विकास तथा पर्यटनका नामबाट गरिने डुङ्गा विहार, भोजभतेर, वनभोज, लाउडस्पीकरको प्रयोगजस्ता गतिविधिले चराहरूलाई विघ्न पार्ने विज्ञहरूको भनाइ छ। तालतलैया तथा सिमसार क्षेत्रवरपर विकासनिर्माण हुने तथा मनोरञ्जनस्थल बन्ने क्रमले चराहरूलाई असर परिरहेको विज्ञहरूले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्