थापाको टिप्पणी : प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार बन्ने संभावना शून्य रहेको टिप्पणी गरेका छन् ।

बिहिबार सामाजिक सञ्जालमा कटाक्ष गर्दै थापाले प्रचण्ड र माधव समूहको नेतृत्वमा सरकार बन्ने कुरा गोरु ब्याएर बिगौती खान खोजजस्तै हुने व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्–‘ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

प्रतिक्रिया दिनुहोस्