खुमलटार पुगेका गौतमको प्रस्ताव : नेकपाबाटै नयाँ प्रधानमन्त्री चयन गरौं



न्युज अफ नेपाल,काठमाडौं ।

नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर भेटवार्ता गरेका छन् । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गरेका थिए । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका हुन् ।

प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौँ । अर्को पार्टीले खेल्ने मौका पाउँदैन । अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ । पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला ।’ यस्तै, गौतमले ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने प्रस्ताव समेत अघि सोरका छन् ।

जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र अहिले कै अवस्थामा केपी ओलीसँग सहकार्य हुन नसक्ने जनाउँदै ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्