भारतको सहयोगमा दक्षिणकालीस्थित श्री चम्पादेवी माविको पुनर्निर्माण सुरु



न्युज अफ नेपाल, काठमाडौँ ।

भारतको सहयोगमा दक्षिणकालीस्थित श्री चम्पादेवी माविको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले विद्यालय पुनर्निर्माणका लागि भूमि पूजन गरेका हुन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदायका सदस्य उपस्थिति थिए । नेपालका आठ जिल्लामा कुल ७१ शैक्षिक संस्थाहरूको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने जनाएको छ । यसै सहयोग अनुसार पुनर्निर्माण भइरहेको यो ६६औँ विद्यालय हो । चम्पादेवी मावि कुल ६ करोड ८५ लाखको लागतमा पुनर्निर्माण हुन लागेको छ ।

नवनिर्मित संरचनामा दुईवटा ब्लक रहनेछन् जसमा १३ वटा कक्षाकोठा, अभ्यास कक्ष, प्रशासनिक कक्ष, पुस्तकालय, साथै प्रत्येक तलामा छात्र तथा छात्राका लागि छुट्टै सरसफाइ संरचना रहनेछन् । यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान ९सिबिआरआई०, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्