लक्ष्मी बैंकको १ सय २७औंं शाखा महोत्तरीको सरपल्लोमा



काठमाडौं(नेस) ।

लक्ष्मी बैंकले १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएको छ। यससंगै यो बैंकको संजाल ४८ जिल्लामा १ सय २७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास राखेको छ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्