नागरिक लगानी कोषले सेयर लिलामी गर्ने, २१ गतेदेखि बिक्री खुला



काठमाडौं(नेस)  ।

नागरिक लगानी कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५० दशमलब ०५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२ दशमलब ८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयर लिलामी गर्न लागेको हो ।

बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्बर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्