अनुस्मा इजिप्टको प्रतियोगितामा



इजिप्टमा हुने सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल–२०२१ मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन्। मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले सो प्रतियोगितामा नेपाली प्रतिनिधिका रूपमा रायमाझीलाई पठाउन लागेको हो।

रायमाझीले राजधानीमा सम्पन्न मिस इको इन्टरनेसनल नेपाल–२०२० को विजेता भएपछि १८ मार्चदेखि ५ जुनसम्म हुने प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन्। प्रतियोगितामा ६० बढी देशका इको सुन्दरी सहभागी हुनेछन्।२१ वर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलोसाता इजिप्ट उड्ने तयारीमा छिन्। प्रतियोगितामा उनले सांस्कृतिक पहिरन र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन्। मिस इको इन्टरनेसनलमा रायमाझी नेपालको छैटौं सहभागी हुन्। यसअघि प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले र मौनता लामाले सो प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्