गोदावरीमा सन्तु र सिन्धुको कौरा



विभिन्न विधाका गीतमा आफूलाई अब्बल सावित गर्दै आएका गायक सन्तु थापा र गायनको क्षेत्रमा आफूलाई स्थापित गराएकी गायिका सिन्धु मल्ल गोदावरी पार्कमा कौरा गाउँदै भेटिएका छन्। स्थानीय भाकालाई टपक्क टिपेर जस्ताको त्यस्तै पस्कने सन्तु र सिन्धुले सुपारी काँचो बोलको कौरा गीतको भिडियो तयार पारेका हुन्।

आकर्षक म्युजिक भिडियोसहित स्रोतामाझ आउन लागेको यो गीतमा शब्द तथा संगीत सुरेश रानामगरको छ भने भिडियोको निर्देशन दीप कोके गुरुङले गरेका छन्। मौलिक नेपाली गीतको यो भिडियो निर्माणमा अहिलेसम्मकै धेरै लगानी भएको र केही दिनमै यसको भिडियो आप्mनै युट्युब च्यानलबाट रिलिज गर्ने सन्तुले जानकारी दिए। केही समयको अन्तरालमा दर्शक स्रोतामाझ आउन लागेकी सिन्धु मल्लले भिडियो आकर्षक बनेको बताइन्। गुल्मी रेसुंगा म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको भिडियोका सम्पादक सुप्रिम पराजुली हुन्।

सन्तुले भर्खरै मात्र लाहुरे दाइ बोलको पञ्चेबाजा गीत भिडियोसहित स्रोता–दर्शकमाझ ल्याएका छन्। यो गीतमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्। अनिश दवाडीको शब्दमा खेम सेञ्चुरीले संगीत भरेको भिडियोको निर्देशन गायक स्वयंले गरेका हुन्। पञ्चैबाजालाई विश्वसामु चिनाउन यो मौलिक भिडियो निर्माण गरेको सन्तुले बताए। लोकदोहोरी, आधुनिक, पप, तीज गीतलगायतका दर्जनौं गीतका सर्जक सन्तु गुल्मी तम्घासका स्थायी बासिन्दा हुन्। सानैदेखि गीत–संगीतमा लागेका उनी २०६८ सालबाट व्यावसायिक गायनमा लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्