मेयर कप यही फागुनमा



काठमाडौं, (नेस) ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने काठमाडौं मेयर कप, २०७७ फागुन २२ देखि हुने भएको छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउनेछन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चारवटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ ।महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ । टोलीहरूले सिंगल राउन्ड रोबिनमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्