तीन कारगारमा भिडन्त चर्किंदा ७५ को मृत्यु



क्विटो, (एजेन्सी) ।
इक्वेडरका तीनवटा कारगारमा भएका करिब एकै समानका भिडन्तमा कम्तीमा ७५ जना कैदीको ज्यान गएको छ । वर्षाैंपछि इक्वेडरका कारागारमा भएको यो सबैभन्दा भयावह घटना भएको सुरक्षाकर्मीहरूले बुधबार बताएका छन् । सेनाले मंगलबारदेखि शुरू भएको हिंसात्मक भिडन्त नियन्त्रण तथा अन्त्यका लागि ति तीनैवटा कारागारमा थप दंगा प्रहरी परिचालन गरिएको जनाएको छ ।

विशेषज्ञहरूले गत डिसेम्बर महिनामा एकजना ग्याङ लिडरको हत्या भएपछि कारागारहरूमा कसले हैकम चलाउने भन्ने विषयमा यो भिडन्त शुरू भएको बताएका छन् । इक्वेडरको कारगार प्रणालीको प्रमुख एडमुन्डो मोनक्यायोले ती तीनवटा कारागारमा मुलुकका करिब सत्तरी प्रतिशत कैदी राखिएको बताएका छन्।

उनले मंगलबार साँझ शुरू भएको भिडन्तमा क्युएन्काको कारागारमा ३३, गुआक्विलमा २१ र लाटाक्युन्गामा २१ कैदी मारिएको बताएका छन् । सरकारी अधिकारीहरूले कारागार नखुलाइकन अन्य १३ जना कैदी पनि मारिएको पुष्टि गरेका थिए । यस घटनामा केही प्रहरी अधिकारी पनि घाइते भएको बुझिएको छ । राष्ट्रपति लेनिन मोरेनोले तीनवटा कारागारमा थप सुरक्षाकर्मी पठाइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्