डा. गोविन्द केसीको अनशन स्थगित



भगवती तिमल्सिना, काठमाडौं ।

सर्वोच्च अदालतले संसद पुर्नगठनका लागि निर्णय गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले बुधबारदेखि बस्ने भनेको अनसन स्थगित गर्ने निर्णय सार्वजनिक गर्नुभयो । उहाँले ससद विघटन गरि देशलाई अनिर्णयको बन्दी बनाएको भन्दै बुधबार देखि आमरण अनसन बस्ने निर्णय गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री के पी शर्मा ओलीको संसद विघटनको निर्णय फिर्ता लिनका लागि दबाब दिने उदेश्यले बुधबार देखि आमरण अनसन बस्ने घोषणा गर्नुभएको थियो । डा. केसीले प्रधानमन्त्रीको उक्त निर्णयका कारण देशलाई प्रतिगमनतिर धकेल्ने प्रयास तत्कालका लागि असफल भएकाले आफुले अनसन स्थगित गरेको बुधबार माईतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

नागरिकको अपेक्षा अनुसार नै न्यायलयबाट फैसला आएको छ । डा. केसीले भन्नुभयो— नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं ।’ विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म आफ्नो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने बताउँनुभयो ।

पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन । राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गर्नुभएको थियो, ती तत्काल सच्चिनुपर्छ, डा.केसीले भन्नुभएकोछ, ‘संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मूल्य चुकाउनुपर्छ ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं । विगतमा आफूसँग सरकारले गरेको सम्झौता सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य हुने छ । डा.केसीले नेकपा र नेपाली काँग्रेसलगायत प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्