डा. केसीको सत्याग्रह स्थगित



काठमाडौं । डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै उनले विगतमा आफूसँग भएका सम्झौताहरू कार्यान्वयनका लागि नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान भने जारी रहने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलाले देशलाई प्रतिगमनको दिशातिर प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्