अदालतको फैसला कार्यान्वयन गर्ने ओली समूहको निर्णय



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवलीका अनुसार तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्