देउवालाई भेट्न प्रचण्ड–माधव बुढानिलकण्ठ जाने



न्युज अफ नेपाल , काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाअध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्।

प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह राजनीतिक रुपमा विभाजित भएपछि अब कांग्रेसको साथ र समर्थन बिना अर्को सरकार बन्ने अवस्था छैन ।

त्यसैले कांग्रेसलाई आफूतिर तान्ने अभियानमा नेकपाका दुबै गुट लागिपरेका छन् । यसैक्रममा प्रचण्ड–माधव अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । देउवाको निकटता ओलीसँग देखिएपछि त्यसलाई चिर्न नेताद्वय अहिले बुढानिलकण्ठ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्