संवैधानिक इजलासको निर्णय स्वागतयोग्य : गोपालमान श्रेष्ठ



भूपराज बस्याल, काठमाडौ । नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले असंवैधानिक कदम विरुद्धमा सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ ।

एक वक्तव्य निकाल्दै संगठन प्रमुख श्रेष्ठले अदालतको ऐतिहासिक निर्णयले जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको संविधानले मुर्तरुप लिएको महसुस गरेको बताउनु भएको छ । उक्त वक्तव्यमा भएको छ सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री के। पी। ओलीबाट सिफारिस भएको असंवैधानिक निर्णयको विरुद्धमा गरेको निर्णय म स्वागत गर्दछु। साथै सम्पुर्ण संवैधानिक इजलासका सम्मानिय प्रधानन्यायाधीश तथा माननीय न्यायाधीशज्युहरुलाई हार्दिक बधाई तथा धन्यवाद दिन चाहान्छु।ू

उहाँले भन्नुभएको छ यो ऐतिहासिक निर्णयले हामी जनताद्वारा निर्वाचित संविधान सभाले बनाएको संविधानले मुर्तरुप लिएको मैले मैले महसुस गरेको छु। अब कुनैपनी शक्तिशाली व्यक्तिले यो संविधानलाई अपव्याख्या गर्न नसक्ने कुरा सबै नेपाली जनतालाई अवगत गराउन चाहान्छु। अब यो सरकारले शासन गर्ने कुनै राजनीतिक तथा नैतिक अधिकार नभएकोले प्रधानमन्त्रीयुलाई पदबाट राजीनामा गर्न आग्र गर्दछु।

प्रतिक्रिया दिनुहोस्