प्रधानमन्त्री ओलीलाई राजीनामा दिन वामदेवको आग्रह



न्युज अफ नेपाल , काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् ।

संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका छन्।साथै उनले प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्