एलिना चौहानको जुन त्यो जुन सार्वजनिक



गायक अपाथ माप्छन र एलिना चौहानद्वारा स्वरबद्व गीत जुन त्यो जुन सार्वजनिक गरिएको छ।गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ। पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका कमलकै एरेन्ज रहेको गीतमाथि रोमान्टिक म्युजिक भिडियो निर्माण गरिएको छ। म्युजिक भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन्।

भिडियोमा मोडल निराजन प्रधान र एलिसा राईले अभिनय गरेका छन्। रिदम स्क्रिन क्रियसनले बजारमा ल्याएको भिडियोमा बुद्ध थापाको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ। भिडियोका निर्देशक सोनम पाख्रिनले मोडलमार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन्।

प्रतिक्रिया दिनुहोस्