ओलीले बोलाए नेकपाको स्थायी कमिटी बैठक



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले आफू पक्षका नेकपाको स्थायी कमिटीको बैठक बोलाएका छन्। उक्त समूहका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आज बिहान ११ बजे स्थायी कमिटी बैठक राखेका हुन्।

ओली पक्ष नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दै छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्