डुंगामाथिको घर बिक्री विज्ञापन भाइरल



लसएन्जेल्स, (एजेन्सी) ।

अमेरिकाको मास्साचुसेत्सस्थित एउटा घर बिक्रीको विज्ञापन अनलाइनमा बेस्सरी भाइरल बन्न पुगेको छ । त्यो घर रहेको स्थानको कारण यसरी यो घर अत्यन्तैै जनचासोको विषय बनेको हो । यो घर एउटा डुंगामा बनाइएको छ । तर यो हाउसबोट भने पक्कै होइन ।

विगतमा गभर्नर हेर्रिकको नामले चिनिने यस घरको मुल्य दुई लाख पचहत्तर हजार डलर तोकिएको छ । वास्तवमा नब्बे दशकको शुरूतिर केप कोड नहरको खोजीका लागि प्रयोग भएको ‘टेपस्ट्री’ नामक डुंगामाथि एकजना मानिसले घरै बनाइदिएका थिए ।एक हजार आठ सय वर्ग फुट क्षेत्रफलमा बनेको यस घरमा तीनवटा शयन कक्ष र दुईवटा स्नान गृह छन् । फेरहाभेन सिपयार्डमा पार्क गरिएको यस घरको ठेगाना भने स्थायी छैन । सो घरमा बस्ने व्यक्ति अहिले सिपयार्डमा काम गर्ने गर्दछन् ।

घर बेच्ने एजेन्ट ज्यान म्याक ग्रेगरले अब यो घर किन्नेले भने घरलाई अन्तै लानुपर्ने रियलटर डट कमलाई बताएका छन् । उनले यो घर किन्नेले कि त अर्को जलीय क्षेत्रमा यस घरलाई सानुपर्ने वा घर निकालेर कुनै जमिनमा राख्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्