सर्वोच्चको फैसलापछि प्रचण्ड-माधव समूहमा खुशीयाली



न्युज अफ नेपाल,काठमाडौं ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलो सुनाएपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले खुशी साटासाट गरेका छन् । चितवनमा रहेका दुबै अध्यक्षले आपसमा बधाई साटासाट गरेका हुन्।

सर्वोच्चको फैसलापछि मुलुकको राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढ्ने सम्भावना देखिएपछि आमसभामा सहभागी नभई माधव प्रचण्ड भोली बिहान काठमाडौं फर्किने भएका छन् । चितवनमा बुधबारको विरोध सभा आजको सर्वोच्चको फैसलापछि विजय सभामा परिणत गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्