नेपाली बजारमा आइपुग्यो निसान म्याग्नाइट, मूल्य २९ लाख ४९ हजार



काठमाडौं । निसानको बहुप्रतीक्षित एसयूभी म्याग्नाइट औपचारिक रुपमा नेपाल भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले सोमबार एक विशेष कार्यक्रमका बीच सो एसयूभी नेपाली बजारमा लन्च गरेको छ ।

भारतमा राम्रो बजार लिइरहेको निसान म्याग्नाइट नेपाली ग्राहकले समेत व्यग्रतापूर्वक प्रतीक्षा गरेको एसयूभी हो । नेपाली बजारमा उपलब्ध अन्य एसयूभी भन्दा प्रतिस्पर्धि मूल्यमा उपलब्ध म्याग्नाइटले नेपाली बजारमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ ।

दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध हुनेछ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।

यसको सुरुवाती भेरिएन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्