प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने भएको छ । गत शुक्रबार एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी संवैधानिक इजलास भित्रै रहेको जनाइएको छ ।

यस्तै, अदालत परिसरमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस्