भारतसँग जोडिएका नाका नखुल्दा स्थानियलाई सास्ती



?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

किरन धामी, दार्चुला । 

चीनको वुहान सहरबाट उत्पत्ती भई विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण गत चैतदेखि बन्द गरिएका दार्चुला जिल्लाका भारत संग जोडिएका ५ वटा नाकाहरु अझै खुल्न सकेका छैनन् ।

भारत सरकारले गत माघ २३ गते देखी नै नेपालसंग जोडिएका सबै नाकाहरु खोल्न त्याहाका सुरक्षाकर्मी र सिमा सम्बन्धि प्रशासनिक निकायहरुलाई निर्देशन गरेको भए पनि नेपाल तर्फ भने खलंगा घाटबजारको नाका बाहेक ५ वटा नाकाहरु बन्द अवस्थामा छन् ।

नेपालको दार्चुला जिल्लासंग जोडिएका नाकाहरु लाली, जौलजिवी, दत्तु, तिगरम र सितापुल नाका खुल्न सकेका छैनन् । नाका नखुलेको बारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले केन्द्र सरकारबाट ति नाका नखोल्न निर्देशन भएको बताउनुभयो । नाकाहरु बन्द हुँदा याहाका स्थानियलाई दैनिक उपभोग्य बस्तु ल्याउन, आफन्त र इष्टमित्रहरु संग भेटघाट गर्न सास्ती भएको छ । यति मात्रै नभएर आफुले उत्पादन गरेको कृषि जन्य बस्तु समेत भारतीय बजारहरुमा लगेर विक्री गर्न नपाएको स्थानियले गुनासो गरेका छन् ।

नेपाल–भारत जोड्ने खलंगा नाका सहित चीन र भारततर्फका ३० वटा नाकालाई खुल्ला गर्न गत माघ १५ गते सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेको थियो । केन्द्र सरकारले त्यतिबेला खलंगाको पुलघाट नाकालाई मात्रै नियमित संचालन गर्न पत्राचार गरेको थियो । नाकाहरु बन्द हुँदा दैनिक उपभोग्य सामान लिन, रोजगारीका लागी भारत जान समस्या भएको मालिकार्जुन गाउँपालिका–७ जौलजिवीका स्थानिय किशोर भट्टले बताउनुभयो । नेपाली पक्षले नखोलेका यि नाकाहरु भारतीय पक्षले भने अरु समयमा खोले झै एकतर्फी रुपमा खुल्ला गर्ने गरेको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका वडा नम्बर ६ तिगरम नाका नखुल्दा सो क्षेत्रका स्थानियलाई समेत आवत–जावत, दैनिक उपभोग्य बस्तु किनमेल गर्न सास्ती भएको छ । नाका बन्द नहुँदा निकै चहल पहल हुने यि नाकाहरुमा अहिले सन्नटा छाएको छ । पुलघाट बाहेकका नाकाहरु खोल्ने विषयमा नेपाल सरकारले हाल सम्म कुनै किसिमको निर्णय गर्न सकेको छैन् ।

जौलजिवी नाका खोल्न माग राख्दै प्रर्दशन

मालिकार्जुन गाउँपालिका–७ मा पर्ने नेपाल–भारत जोड्ने जौलजिवी स्थित झोलुंगे पुल खोल्न माग राख्दै स्थानिय महिलाले सोमबार पुलमा प्रर्दशन गरेका छन् । भारतीय पक्षले आफ्नो तर्फको पुलको ढोका खोलेको अवस्थामा नेपाली पक्षले हाल सम्म पनि कुनै किसिमको निर्णय नगरेको भन्दै पुल खोल्नु पर्ने माग राख्दै प्रदर्शन गरेको जौलजिवीकै स्थानिय मनोहर पालले बताउनुभयो । सोमबार पुल खोल्नु पर्ने माग राख्दै स्थानिय हिरा चन्दको संयोजकत्वमा गठित संघर्ष समितिले प्रर्दशन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्