एकै महिनामा १०२ जनाले लाङटाङ निकुञ्ज भ्रमण गरे, एक लाख राजश्व संकलन



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा माघ महिनामा एक सय दुइले भ्रमण गरि एक लाख ६० हजार ३३ रुपैया ५६ पैसा राजस्व संकलन भएको छ ।

निकुञ्जका बन प्राविधिक रमेश बस्नेतका अनुसार धार्मिक पर्यटन बाहेकका नेपाली ९६ जना सार्क मुलुक का एक जना विदेशी ६ जना रहेका छन । यस्तै काठ दाउरा को ३९ हजार तिन सय ५६ रुपैया ३१ पैसा अन्य वन पैदावारबाट १० हजार चार सय ८७ रुपैया ५० पैसा पर्यापर्यटन बाट २९ हजार एक सय अन्य विविधबाट २७ हजार ८९ रुपैया ७५ पैसा राजश्व उठेको छ ।

वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपुर्ण यस निकुञ्जमा साल खोटे सल्ला कटुस गोवे्र सल्ला धुपी ,सल्ला, ओखर,ख्रसु भोजपत्र गुरास लगायत एक हजार भन्दा बढि प्रजातिका वनस्पतिहरु रेडपाण्डा कस्तुरी मृग,हिउचितुवा,व्वासे चितुवा ,व्वासो सालक चरी बाघ आसामी रातो बादर लंगुर बाँदर थार घोरल हिमाली कालो भालु जस्ता दुलर्भ तथा महत्वपुर्ण वन्यजन्तुहरु पाईन्छ ।

निकुञ्ज अन्तर्गत मध्यवर्ति क्षेत्र उपभोक्ता समिति हरुको पुर्न गठन कार्य शुरु भई लाङटाङ नौकुण्ड कल्पेश्वरी गठन भई सकेका छन। भने अरु गठन भइ रहेका छनअव १८ वटा वाकी रहेका छन । पदयात्राका लागि संरक्षण क्षेत्र पछिको तेस्रो गन्तब्यस्थलको रुपमा परिचित रहेको यस निकुञ्ज नेपाल कै पहिलो हिमाली राष्ट्रिय निकुञ्ज हो ।

समुन्द्रि सतहको एक हजार मिटर देखि सात हजार दुई सय ४५ मिटर सम्म फैलिएको यस निकुज्ज जैविक विविधताको भण्डार मानिन्छ । अथाह पर्यटकिय आर्कषणको केन्द्र भरपुर उपयोग गरि स्थानिय तथा राष्र्टिय अर्थतन्त्रमा योगदान पुराउन सकिने सम्भावना बोकेको यस क्षेत्रको लागि जलिय पर्यटन को समेत ठुलो सम्भावना बोकेको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्