अमित सुनारको ’पिरको पोको छ’



नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक अमित सुनारको आवाजमा रहेको पिरको पोको छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका सुनिता बुढाथोकीले आवाज भरेका छन्।

अभिनयमा समेत प्रस्तुत भइरहेका अमितलाई बिना बिश्वकर्माले साथ दिएकी छिन्। अमित र बिनाले गीतलाई जीवन्त अभिनयले प्रस्तुत गरेका छन्। गीतमा आफनो घर श्रीमतीलाई छोडेर प्रदेशमा भोग्नु परेका दुःखलाई अभिनयमा उतारिएको छ।

अमितकै शब्द रहेको गीतमा सुरज लामिछानेको लय रहेको छ। संगीत समायोजन बिनोद बाजुरालीले गरेका छन भने गीतको छायांकन करन चैसीरले गरेका हुन्। यस गीतमा कथा निर्देशन बिशाल घिमिरेको रहेको छ।

प्रतिक्रिया दिनुहोस्