सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं ।

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले वृद्धि भएको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ ।

तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्