शिक्षक हत्या आरोपमा पक्राउ परेका विक पुर्पक्षका लागि कारागार चलान



न्युज अफ नेपाल, विराटनगर ।

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि ३२ वर्षीय विकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

गत माघ ७ गते पक्राउ परेका विकको साथबाट प्रहरीले एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद गरेको थियो । हतियारसहित भेटिएका उनीविरुद्ध सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्