महान्याधिवक्ता खरेलले राजीनामा दिएको हल्ला, खरेलद्वारा अस्वीकार



न्युज अफ नेपाल , काठमाडौं ।

मंगलबार बिहानै महान्याधिवक्ता अग्‍नि खरेलले पदबाट राजीनामा दिएको हल्ला चलेको छ ।

आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै खरेलले राजीनामा दिएको बताइएसँगै खरेलले भने राजीनामा नदिएको जनाएका छन् । खरेलले सुनियोजित रुपमा अस्थिरता फैल्याउन तथ्यहिन हल्ला गरिएको बताएका छन् ।

खरेलले सदाझैँ आफू महान्यायाधीवक्ताको कार्यालयमा उपस्थित भई आफ्नो कार्य गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्