रामदेवसँग कोरोनाको औषधी सार्वजनिक गरेका स्वास्थ्यमन्त्री संकटमा, लाग्यो यस्तो आरोप



New Delhi: Baba Ramdev releases evidence based Patanjali medicine for COVID-19, in the presence of Union Ministers Nitin Gadkari and Dr. Harsh Vardhan, during a press conference in New Delhi, Friday, Feb. 19, 2021. (PTI Photo/Kamal Singh)(PTI02_19_2021_000127B)

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन संकटमा परेका छन् । योगगुरु रामदेवको कम्पनीद्वारा निर्माण गरिएको कोरोनाविरुद्धको औषधी कोरोनिल सार्वजनिक गरेका हर्ष वर्धनसँग चिकित्सक संघ (आईएमए) ले स्पष्टिकरण माग गरेको छ ।

सोमबार एक वक्तव्य जारी गर्दै आइएमएले हर्ष वर्धनमाथि मेडिकल काउन्सिल अफ इन्डियाको कोड अफ कन्डक्टको अपहेलना गरेको अभियोग समेत लगाएको छ । ‘नियमका अनुसार कुनै पनि डाक्टरले कुनै औषधी प्रोमोट ​गर्न सक्दैन तर केन्द्रीय मन्त्री जो आफैं एक डाक्टर हुन्, उहाँले यो औषधीको प्रोमोट गर्नु आफैंमा अचम्मको कुरा हो ’ वक्तव्यमा उल्लेख छ ।

स्वास्थ्यमन्त्री वर्धनले अघिल्लो शुक्रबार मात्र रामदेवद्वारा दिल्लीको कन्स्टिट्युशनल क्लबमा आयोजित एक पत्रकार सम्मेलनमा भाग लिदैँ ‘कोरोनिल’ औषधि सार्वजनिक गरेका थिए । यस्तै, रामदेवले विभिन्न टिभी च्यानलमा कोरोनिललाई विश्व स्वास्थ्य संगठनको तर्फबाट संसारको १५४ देशमा पठाउने मान्यता पाएको समेत दावी गरेका थिए ।

तर, रामदेवको यो दावीप्रति विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने खण्डन गरेको छ । डब्ल्यूएचओको खण्डनसँगै स्वास्थ्यमन्त्री जस्तो उच्च पदमा रहेका व्यक्ति समेत झुटमा सामेल भएको जनाउँदै स्वास्थ्यमन्त्री वर्धनसँग आईएमएले स्पष्टिकरणको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्