एनसेल एपको नयाँ एप सञ्चालनमा



काठमाडौं, (नेस) ।

एनसेल आजियाटाले थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । एनसेलले यो एप डाउनलोड गर्ने नयाँ ग्राहकलाई एक जीबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ । नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्य गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याक लिन सक्छन् ।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ । नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधा एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमा प्रयोग गर्न सक्छन् । एपमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवा सुचारु गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्