भारतको सहयोगमा धापासी विद्यालयको पुनःनिर्माण कार्य सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारको सहयोगमा काठमाडौंको श्री धापासी माध्यमिक विद्यालयको पुनःनिर्माण कार्य सुरु भएको छ ।

भारतले भूकम्पपछिको पुनःनिर्माण अनुदानमा सहयोग गर्दे आएको छ । श्री धापासी माध्यमिक विद्यालयसहित भारतले हालसम्म ६५ वटा विद्यालय पुनःनिर्माणमा सहयोग गरिसेकेको छ ।

सोमबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यालय भवनको शिलान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्