मनोरञ्जन क्षेत्रको पेसा सम्मानित हुनुपर्नेमा जोड



काठमाडौं, (नेस)  ।
गीत, संगीत तथा मनोरञ्जनका क्षेत्रमा युवाको बढ्दो आकर्षण र जीविकोपार्जनसँगै पेशागत सम्मान हुनुपर्ने विषयमा २ दिने राष्ट्रिय सममेलन सम्पन्न भएको छ ।
विश्वास नेपालले मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकहरू, सम्बन्धित सरकारी निकाय, संघसंस्था, निजी क्षेत्र, टे«ड युनियन, मानव अधिकार आयोग, महिला आयोग, श्रम मन्त्रालय, सञ्चारमाध्यमसमेतको सहभागितामा सोमबार जमलस्थित यलो प्यागोडामा आयोजित कार्यक्रममा सम्मेलनले पारित गरेका विषय वस्तु सार्वजनिक गरियो ।कार्यक्रममा मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरूको राष्ट्रिय सम्मेलनले पारित गरेको १२ बुँदे घोषणापत्र मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष निरु श्रेष्ठले पढेर सुनाउनुभयो ।

समृद्ध नेपालको आधार, श्रम र पहिचानसहित श्रमिकको अधिकार भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरूको हक हितका लागि हाम्रो आवाज, सम्मानजनक र मर्यादित पेसँगत हिंसामुक्त समाज हुनुपर्छ भन्ने रहेको थियो ।श्रमिकहरूको राष्ट्रिय भेलाद्वारा पारित काठमाडौं घोषणापत्र सातै प्रदेशका श्रमिकको बृहत् छलफलबाट तय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले हरेक पेशाको विदेशमा जस्तै सम्मान र इज्जत गरी नियुक्तिपत्र दिने, हप्तामा एक दिन बिदा दिने, श्रमिकको श्रमलाई राज्यले मुल्यांकन तथा अवलोकन गर्ने जस्ता व्षिय बस्तुलाई घोषणापत्रमा समेटिएको छ भन्नुभयो ।

विदेशमा गएर गरेको श्रमको इज्जत, पैसा पनि राम्रो कमाइने तर स्वदेशमा श्रमका कारण समाजको हेपाइमा परिने र चौतर्फी शोषणमा पनि परिने, मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला श्रमिकले उक्त स्थितिबाट गुज्रनुपरेको यथार्थलाई सम्मान गर्नुपर्ने माग भेलामा उपस्थित मानव अधिकार आयोगका सदस्य लिल िथापाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्