जनतामा छाएको निराशा छिट्टै अन्त्य हुने विश्वास



काठमाडौं, (नेस)  ।

समाजसेवामा समर्पित लायन्स क्लब इन्टरनेसनलको ‘डिस्ट्रिकट–३२५ बी १’ को दुईदिने तेस्रो क्याबिनेट बैठक काठमाडांैमा सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा भएको विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले लायन्स क्लबका अभियानताहरूले संविधानको संरक्षणका लागि भूमिका खेल्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले अहिले जनतामा छाएको निराशा छिट्टै अन्त्य हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । उहाँले लायन्स क्लबले गरेको समाजसेवा महत्वपुर्ण रहेको बताउनुभएको छ ।डिस्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले पहेंलो ज्याकेट लगाएर देशव्यापी रूपमा गरेको समाजसेवा उदाहरणीय रहेको भन्दै लायन्स क्लबले ब्लड बैंक स्थापना गर्न लागेको बताउनुभएको छ । कार्यक्रममा पुर्वगभर्नर राजन लम्साल, धनराज आचार्य, राजन लम्साल, इन्दु लम्साल, लायन्स क्लब अफ लर्डबुद्धका अध्यक्ष लक्ष्मीप्रसाद कट्टेललगायतले सम्बोधन गर्नुभएको छ ।

कार्यक्रममा लियो क्लब अफ काठमाडौं लर्ड बुद्धका बहिनीहरूले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । लायन्स क्लब अफ बुद्धले गरेको तेस्रो क्याबिनेट बैठकका लागि गरेको भव्य तयारीका लागि कार्यक्रममा सम्मान पनि गरिएको थियो । अन्य क्लबका जिम्मेवार पदाधिकारी र क्लबलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रम सम्पन्न गर्नका लागि लर्ड बुद्धका संस्थापक अध्यक्ष विष्णुप्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यीय मँल आयोजक समिति बनाइएको थियो ।समितिको सहसंयोजक लक्ष्मीप्रसाद कट्टेल, सदस्यहरूमा हरि अधिकारी, रामबहादुर श्रेष्ठ, बदन भण्डारी, प्रकाश कँडेल, उमेश धिताल, कृष्ण पाण्डे, हेमराज साउद, रवीन्द्र कँडेल र गणेश शर्मा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्