अदालतको ढोकामा अदालतकै अवहेलना



नेपाल समाचारपत्र, काठमाडौं ।

नेकपाविप्लव समूहका नेताधर्मेन्द्र वास्तोलालाई सोमबार पुनःपक्राउनगर्न सर्वोच्चअदालतले आदेश दिएको भएपनि सो आदेश लत्याउँदैप्रहरीले न्यायालयको मूलगेटबाटै पक्राउ गरेको छ ।न्यायाधीशमीरा खड्का र सुष्मलतामाथेमाको इजलासले वास्तोलालाई पुनःपक्राउनगर्न आदेश दिएपनिप्रहरीले सो आदेशको अवज्ञा गरी उहाँलाई नियन्त्रणमा लिएको हो ।

सर्वोचचकोआदेश बमोजिमत्यहाँकाकर्मचारीको रोहवरमा रिहा भएपछि निस्कनलाग्दा गेटबाटैप्रहरीले पक्राउ गरेको हो । सो पक्राउलाई कानूनविद्हरुले अदालतको अवहेलनाभनेका छन् ।वास्तोलालाई यसअघि चार पटक पक्राउ गरी थुनामा राखिएको थियो । विप्लव समूहको गतिविधि गरेको आरोप लगाई उहाँलाई पक्राउगरिएको थियो । सर्वोच्चले वास्तोलालाई फरक विचार र आस्थाको आधारमापक्राउ गरेको उल्लेख गरी सोमबार नै रिहागर्न आदेश दिएको थियो । सर्वोच्चले वास्तोलालाई थुनामा राख्दापालनागर्नुपर्ने वाध्यात्मककार्यविधिपालनानगरेको उल्लेख गरेको छ । त्यस्तो कार्यविधिपालनानगर्दा पनिजिल्लाअदालतले म्यादथपगर्दा कुनआधारमा गरेको हो भन्नेसम्मउल्लेख नगरेको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चअदालतनियमावली, २०७४ को नियम३७बमोजिमबन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी बन्दीलाई थुनामुक्तगर्न आदेश गरेको हो । रिट निवेदनको तर्फबाट बहस गरेकावरिष्ठ अधिवक्ता एकराज भण्डारीले सर्वोच्चअदालतको आदेश विपरित वास्तोलालाई पुनःपक्राउगर्नु अदालतको गम्भीर अवहेलनाभएको उल्लेख गर्नुभयो ।यसैगरी अधिवक्ता स्वागत नेपालले अदालतको आदेश विपरित न्यायालयको गेटैबाट सम्बन्धितपक्षलाई पक्राउगर्नु भनेको सीधै अदालतको अवहेलनाहुने स्पष्ट गर्दै भन्नुभयो– यो विधिको शासन र कानुनी राजको बर्खिलापहो ।

 

प्रतिक्रिया दिनुहोस्