मनोरञ्जन क्षेत्रको पेशा सम्मानित हुनुपर्छ : लिली थापा



न्युज अफ नेपाल, काठमाडौँ ।

गीत, संगीत तथा मनोरञ्जनका क्षेत्रमा युवाहरुको बढ्दो आकर्षण र जिविकोपार्जनसँगै पेशागत सम्मान हुनुपर्ने बिषयमा २ दिने राष्ट्रिय सममेलन सम्पन्न भएको छ । विश्वास नेपालले मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकहरु, सम्बन्धित सरकारी निकाय, संघसंस्था, नीजि क्षेत्र, टे«ड युनियन, मानव अधिकार आयोग, महिला आयोग, श्रम मन्त्रालय, संचार माध्यम समेतको सहभागितामा सोमबार जमल स्थित यलोप्यागोडामा आयोजित कार्यक्रममा सम्मेलनले पारित गरेका बिषय बस्तु सार्वजनिक गरियो ।

कार्यक्रममा मनेराञ्जन तथा सत्कार क्षेमा कार्यरत श्रमिकहरुको राष्ट्रिय सम्मेलनले पारित गरेको १२ बुद्धे घोषणापत्र मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रिय संजालका अध्यक्ष निरु श्रेष्ठले पढेर सुनाउँनुभयो । समृद्ध नेपालको आधार, श्रम र पहिचान सहित श्रमिकको अधिकार भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको हक हितका लागि हाम्रो आवाज, सम्मानजनक र मर्यादित पेशागत हिंसामुक्त समाज हुनुपर्छ भन्ने रहेको थियो ।

श्रमिकहरुको राष्ट्रिय भेलाद्धारा पारित १२ बुद्धे काठामाडौ घोषणापत्र २०७७ सातै प्रदेशका श्रमिकहरुको बृहत छलफलबाट तय गरिएको अध्यक्ष श्रेष्ठले बताउँनुभयो । उहाँले हरेक पेशाको विदेशमा जस्तै सम्मान र इज्त गरि नियुक्तीपत्र दिने, हप्तामा एक दिन बिदा दिने, श्रमिको श्रमलाई राज्यले मूल्यांकन तथा अवलोकन गर्ने जस्ता बिषय बस्तुलाई घोषणापत्रमा समेटिएको छ भन्नुभयो ।

विदेशमा गएर गरेको श्रमको इज्जत, पैसा पनि राम्रो कमाइने तर स्वदेशमा श्रमका कारण समाजको हेपाईमा परिने र चौतर्फी शोषणमा पनि परिने । मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला श्रमिकले उक्त स्थितिबाट गुज्रनुपरेको यथार्थलाई सम्मान गर्नुपर्ने माग भेलामा उपस्थित मानव अधिकार आयोगका सदस्य लिलि थापाको रहेको थियो ।

त्यस्तो परिस्थतीबाट मुक्तिका लागि मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरु सङ्ठित हुने क्रम सुरु भएको छ ।
नेपालमा रात्रीकालिन व्यवसाय सहरी क्षेत्रमा पर्याप्त फष्टाउने क्रममा छन् । त्यहाँ कार्यरत श्रमिकले थोरै तलब, नियुक्तीपत्र नपाउने, विदाको व्यवस्था नभएको, तलब पनि समयमा नपाउने र व्यवसाय सञ्चालन गर्नेबाट शारीरिक मानसिक, आर्थिक यौनिक शोषण भोग्नुपर्ने समस्या समाधानका लागि श्रमिकहरुले प्रादेशिक र राष्ट्रिय सम्मेलनको आयोजना गरेर सङ्गठित भएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

यस क्षेत्रमा काम गर्ने श्रमिक पनि यहि देशका नागरिक हुन् । सार्वभौम राष्ट्रका नागरिकले पाउने सबै हक अधिकारको उनीहरु पनि हकदार हुन् भन्ने प्रत्याभुति गराउन सङ्गठित भएर अगाडि बढ्न विश्वास नेपालले सोमवार राष्ट्रिय भेलाको आयोजना गरेको हो ।
मसाज पार्लर,पव बारलगायतका रात्रीकालिन व्यवसायमा कार्यरत श्रमिकको हक–अधिकारका लागि विश्वास नेपालले काम गर्दै आएको छ ।

त्यसैगरी यस क्षेत्रका अधिकाँश श्रमिक विशेष गरी महिला र उनका सन्तान जन्मदर्ता, नागरिकताको समस्यामा रहेकोले सहयोगको सुनिश्चता हुुनुपर्ने, यस क्षेत्रमा अझै पनि बालश्रम विद्यमान रहेकोले जोखिममा रहेका बालबालिकाको परिवारलाई आय आर्जजनमा सहयोग परामर्श प्रदान गर्नुपर्नेलगायत बुँदाहरु सम्मेलनले पारित गरेको छ ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले यस क्षेत्रलाई विर्सेको वर्गका रुपमा चित्रित गर्दै श्रम गर्नेलाई सम्मानको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । स्वदेशमै श्रम गरी खानेलाई सम्मान गर्न जाने यस क्षेत्रका श्रमिक शोषणमा पर्ने सम्भावना कम हुने बताउनुभयो । समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको मागको सम्वोधनका लागि सम्वन्धति निकायको ध्यानाकर्षण हुने गरी आयोग काम गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

उहाँले जागिरकै खोजीमा जोखिम मोलेर काम गर्नुभन्दा स्वरोजगारतर्फ सोच्न श्रमिकलाई आग्रह गर्नुभयो । मनोरञ्जनका क्षेत्रमा कार्यरत श्रमिकको प्रदेशस्तरीय भेला पनि सम्पन्न भएको छ । यस राष्ट्रिय भेलामा सातै प्रदेशका श्रमिकको सहभागिता रहेको थियो ।

भेलाले निरु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको राष्ट्रिय सञ्जालको गठन गरिएको छ । कार्यक्रममा विवेक शर्माले प्रदेशमा खोलिएका मनोरञ्जनका क्षेत्रमा काम गर्ने श्रमिकहरुबीच गरिएको सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गर्दै ८५ प्रतिसतले यस पेशामा परिने वेचविखनको समस्याबारे अनविज्ञता जनाएको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा नियुक्तिपत्र नदिने, गाली गलौज, धेरै काममा लगाएर थोरै तलबलगायत शारीरिक मानसिक र यौन हिंसालगायतलाई कामकै हिस्साको रुपमा स्वीकारेको र त्यसो हुनु भनेको हिंसामा पर्नु हो भन्नेसम्म जानकारी नभएको बताउनुभयो ।
त्यसकारण ९८ प्रतिशतलाई काममा जाँदा भएको हिंसाबारे उजुरी गर्ने निकायबारे पनि जानकारी नभएको पाइएको र धेरैजसो साथीको लहलहैमा लागेर सानो उमेरमा भागेर विवाह गर्दा आर्थिक समस्या पर्ने, सन्तानको लालनपालन र रहरले समेत यस मनोरञ्जनको क्षेत्रको काममा आउने गरेको पाइएको उहाँले बताउनुभयो ।

विश्वास नेपालमा कार्यकारी निर्देशक बालकुमारी आलेले पेशा मर्यादित र व्यवस्थित नहुँदा यसमा संलग्न श्रमिकमा जोखिममा परेको बताउनुभयो । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले काम सानो वा ठूलो हुन्न, यस क्षेत्रमा काम गर्नेले पनि सम्मानपुर्वक बाँच्न, पेशागत हक, सुरक्षाको लागि संस्थाले काम गर्दै आएको र यस क्षेत्रका श्रमिकलाई सिपमा आधारित काम सिकाउदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्