पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ६८१ मा पीसीआर विधिबाट परीक्षण गर्दा ४४ महिला र ८१ पुरुष गरी १२५ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । यस्तै आज थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको छ ।

काठमाडौं उपत्यकामा २० महिला र ३२ पुरुष गरी ५२ जनालाई कोरोना पुष्टि भएको छ । आज देशभर १ हजार २९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्