उपचारका लागि भारत पुगेका भट्टराईले चिकित्सकलाई भेटे, थप स्वास्थ्य परीक्षण हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग भेट गरेका छन् ।

भट्टराईले नयाँ दिल्लीस्थित ‘इन्ष्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ मा स्वास्थ्यबारे चेकजाँच तथा चिकित्सकसँग परामर्श लिएका छन् । नेपालमा उपचार गराएका उनलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएसँगै चिकित्सकको सल्लाह र सिफारिसमा भारत पुगेका हुन् ।

उनको थप स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्