फेरि पक्राउ परे विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला



न्युज अफ नेपाल, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला फेरि पक्राउ परेका छन् ।

अदालतले रिहा गर्न आदेश दिएलगत्तै बास्तोलालाई प्रहरीले गरेको हो । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो।

फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएपछि सर्वोच्चले बास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्