प्रधानसेनापति र प्रधानन्यायाधीशबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ । प्रधान सेनापतिले सर्वोच्च अदालत पुगेर राणालाई भेटेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च पुगेका थिए । स्रोतका अनुसार सर्वोच्च अदालतलाई नयाँ भवन निर्माणका लागि आवश्यक पर्ने ९ रोपनी जग्गा हस्तान्तरणलगायतका विषयमा कुरा गर्न प्रधानसेनापति थापा सर्वोच्च गएको बताइएको छ ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा रहेको बेला प्रधान सेनापति थापाले प्रधानन्यायाधीश राणालाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने बारे भने अझै खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्