शहर मात्र हैन गाउँघरका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं : डा. भट्टराई



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बरपाक घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

ट्युमर भएको आशंकामा थप उपचारका लागि आइतबार भारत पुगेका भट्टराईले सामाजिक सञ्जालमा ट्विट गर्दै घटनाको निष्पक्ष र तथ्यगत छानबिनको माग गरेका हुन् । भट्टराईले गाउँघरमा हुने विभिन्न प्रकारका घटनाप्रति संवेदनशील हुन आग्रह गरेका छन् ।

‘ज्यादै दुःखद घटना ऐतिहासिक बारपाक–सुलीकोटको । घटनाको निष्पक्ष र तथ्यगत छानबिबन होस् । शहर मात्र हैन गाउँघर कुनाकाप्चाका घटनाप्रति पनि उत्तिकै संवेदनशील बनौं । हार्दिक श्रद्धाञ्जलीरसमवेदना !’ भट्टराईले लेखेका छन् ।

यो पनि पढ्नुहोस् : https://newsofnepal.com/2021/02/22/385216/

प्रतिक्रिया दिनुहोस्